कोरोनाबाट ब्राजिलमा मृत्यु हुनेको संख्या एक लाख नाघ्यो - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोनाबाट ब्राजिलमा मृत्यु हुनेको संख्या एक लाख नाघ्यो


एजेन्सी । विश्वभरी महामारकिो रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ब्राजिलमा मात्रै ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ ।

ब्राजिलमा हालसम्म १ लाख ५ हजार ४३ जनाको ज्यान गइसकेको छ । अमेरिकापछि यो संख्या सबैभन्दा धेरै हो ।

ब्राजिलमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३० लाख १३ हजार ३ सय ६९ जना पुगेको छ । संक्रमितमध्ये २० लाख ९४ हजार २ सय ९३ जना भने उपचारपछि घर फर्किएका छन् ।

अहिले ब्राजिलमा ८ लाख १८ हजार ५ सय ३३ जना एक्टिभ संक्रमित छन् । त्यसको एक प्रतिशत अर्थात ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । प्रतिशतको हिसाबले समग्र संक्रमितमध्ये ५ प्रतिशतले ब्राजिलमा ज्यान गुमाएका छन् ।

सम्बन्धित खवर