रुसले कोरोना भाइरस विरुद्धको खोप बनायो - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रुसले कोरोना भाइरस विरुद्धको खोप बनायो


एजेन्सी / रुसले कोरोना भाइरस (कोभिड १९) विरुद्ध स्थायी प्रतिरक्षामुलक खोपको विकास गरेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले यस खोपबारे घोषणा गर्दै भनेका छन्ः– ‘यस बिहान, विश्वमै पहिलो पटक कोरोना भाइरसविरुद्ध एउटा खोप रुसमा दर्ता भएको छ,’ ।

पुटिनले आफ्नी एउटी छोरीलाई पनि यस खोप लगाएको बताएका छन् । पुटिनले अघि भनेका छन्, ‘मेरी एक छोरीलाई पनि यो खोप लगाइएको थियो । यसर्थ, मलाई लाग्छ, उनले पनि यो परीक्षणमा भाग लिइन् ।’

रुसले कोभिड १९ विरुद्धको खोप विकासमा तीव्र रुपमा काम गर्दैआएको छ । यही महिनाको सुरुमै भनिएको थियो कि, उक्त खोप केही सातामै आम मानिसले प्रयोग गर्न मिल्ने गरी सार्वजनिक हुनेछ । र अर्को वर्षदेखि दशौँ लाख मानिसले प्रयोग गर्न सक्ने गरी उत्पादन हुने बताइएको थियो ।

विश्व स्वास्थ्य संगठनले भने गत साता रुसलाई स्थापित निर्देशिका तथा मान्यता पछ्याउन आग्रह गरेको थियो ।

सम्बन्धित खवर