पीएसजी च्याम्पियन लिगको सेमीफाईनलमा प्रवेश - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पीएसजी च्याम्पियन लिगको सेमीफाईनलमा प्रवेश


एजेन्सी । च्याम्पियन्स लिग फुटबलको जारी सिजनमा पेरिस सेन्ट जर्मन (पीएसजी) सेमिफाईनलमा प्रवेश गरेको छ ।

गलभग हारको अवस्थामा रहेको पीएसजीले खेलको अन्त्यमा नाटकीय ढंगले एटलान्टा विरुद्ध दुई गोल गर्दै अन्तिम चारमा प्रवेश गर्न सफल भएको होे ।

पीएसजीको जीतमा मार्किन्होस र चोपो मोटिङले समान १/१ गरे ।

खेलको अन्तिम मिनेटमा नेयमारको उत्कृष्ट पासमा मार्किन्होसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ईन्जुरी समयमा केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै चोपो मोटिङले पीएसजीलाई पुनरागमन जित दिलाए ।

पहिलो हाफमा ईटालियन क्लब एटलान्टाले खेलमा अग्रता बनाएको थियो । मारियो पसालिसले पीएसजीको कमजोर डिफेन्सको फाईदा उठाउँदै २६ औं मिनेटमा क्लबलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा केलियन एम्बाप्पे मैदान प्रवेश गरेपछि पीएसजीको अग्रपङ्तीमा सुधार आयो । एम्बाप्पे र नेयमारको जोडीले दोस्रो हाफभर एटलान्टाको डिफेन्सलाइ ब्यस्त राखेको थियो ।

खेलको अन्तिम मिनेटमा एटलान्टाका लुईस मुरिलले बराबरी गर्ने अवसर गुमाएका थिए ।

पीएसजी २५ बर्षको ईतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेश गरेको छ ।

युरोपेली क्लब फुटबलमा राज गर्ने उद्धेश्य सहित पीएसजीले नेमयारलाई विश्व कीर्तिमानी मुल्यमा क्लबमा अनुबन्धन गरेको थियो । जसको प्रभाव बुधबारको खेलमा देखियो । उनले खेलमा दुई सुन्दर अवसर गुमाएका थिए ।

पीएसजीले सेमिफाईनलमा एट्लेटिको मड्रिड र आरबी आईपेजिंगबीचको विजेतासंग खेल्नेछ ।

सम्बन्धित खवर