लाईपेजिग पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाईलनमा - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लाईपेजिग पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाईलनमा

एजेन्सी । एट्लेटिको मड्रिडलाई पाखा लगाउदै जर्मन क्लब आरबी लाईपेजिग च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।

बिहिबार राति एट्लेटिकोमाथि २–१ को पाखा लगाउदै क्लब स्थापनाको ११ बर्षमा लाईपेजिग पहिलो पटक च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको हो ।

ड्यानियल ओल्मोले हेडमार्फत जर्मन क्लब लाईपेजिगलाई अग्रता दिलाएका थिए । त्यसपछि एट्लेटिकोका जोआओ फेलिक्सले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

खेल सकिन दुई मिनेट बाँकी छदाँ टायलर एडम्सले गोल गर्दै लाइपेजिगलाई अविश्वसनीय जित दिलाएका थिए ।

स्पेनिस महारथी एट्लेटिको अन्तिम दूई मिनट सम्हालिन नसक्दा पछिल्लो ६ बर्षमा तेस्रो पटक फाईनल पुग्ने यात्रा टुंगीएको हो ।

जीतसंगै सेमिफाईनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)संग लाइपेजिगले प्रतिस्पर्धा गर्ने पक्का गरेको छ ।

सम्बन्धित खवर