च्याम्पियन्स लिगमा बार्सिलोनाको लज्जास्पद हार - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

च्याम्पियन्स लिगमा बार्सिलोनाको लज्जास्पद हार

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसंग लज्जास्पद हार ब्यहोरेको छ ।

शुक्रबार राति भएको क्वार्टरफाईनल खेलमा बार्सिलोना जर्मन क्लब बायर्न म्युनिखसंग ८–२ गोल अन्तरले लज्जास्पद हार ब्यहोरेको हो ।

हार ब्यहोरे संगै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको उपाधीहोडबाट बाहिरिएको छ भने यस सिजनको बुन्डेसलिगा च्याम्यिन बायर्नले शानदार जित सहित सेमिफाईनलमा स्थान पक्का गरेको छ ।

थोमस मुलरले खेलको चौथो मिनेटमा बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि डबिड अलाबाको आत्मघाति गोलसंगै बार्सिलोना खेलमा फर्किएको थियो ।

खेलको २८ औं मिनेटमा इभान पेरिसिकले बायर्नलाई २–१ ले अघि बढाएका थिए । यसैगरि सर्ज ग्रन्बीले २८ औं मिनेटमा बायर्नका लागि तेस्रो गोल गरे ।

मुलरले ३१ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफको खेल बायर्नको नियन्त्रणमा राखेका थिए ।

खेलको ५७ औ मिनेटमा बार्सिलोनाका फरवार्ड लुईस सुआरेजले गोल गर्दै खेल ४–२ को अन्तरमा फर्काएका थिए ।

दोस्रो हाफमा बायर्न थप आक्रमक बन्दै जोसुआ किमिचले खेलको ६३ औ मिनेटमा गोल गर्दै बायर्नलाई ५–२ को अग्रता दिलाएका थिए ।

यसैगरि खेलको ८२ औं मिनटमा रोबर्ट लेवान्डोस्कीले थप एक गोल गर्दै बायर्नको आधा दर्जन गोल पुरा गरे ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका बार्सिलोनाका पूर्व खेलाडी फिलिप कौटिन्होले लगातार दुई गोल गर्दै बार्सिलोनालाई थप निराश पारे ।

खेलको ८५ औं मिनेटमा पहिलो गोल गरेका कौटिन्होले खेल सकिन एक मिनेट बाँकी रहदाँ अर्को गोल थप्दै बायर्नलाई ८–२ को जित दिलाए ।

बार्सिलोनाका प्रशिक्षक क्विक सेटियनले एन्टोनी ग्रिजम्यान र डेम्बेलेलाई पहिलो रोजाईबाट बाहिर राख्दै बायर्नबिरुद्ध टोली उतारेका थिए ।

च्याम्पियन्स लिगबाट समेत बाहिरिएपछि यस सिजन बार्सिलोनाका लागि निकै खराब रह्यो ।

सम्बन्धित खवर