सिटीलाई हराउदै लियोन सेमीफाईनलमा - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सिटीलाई हराउदै लियोन सेमीफाईनलमा


एजेन्सी । फ्रेन्च क्लब लियोन युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिवार राति भएको अन्तिम क्वाटरफाइनलमा लियोनले इंग्लिस क्लब म्यानचेष्टर सिटीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

लियोनले सिटीलाई ३–१ गोल अन्तरले जीतको थियो ।

लियोनको जीतको लागि खेलको २४औं मिनेटमा म्याक्सवेल कोर्नेटले गोल गर्दै लियोनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

सब्चिच्युटको रुपमा मैदान प्रवेश गरेका माउसा डेम्बेलेले ७९औं मिनेटमा गोल गदै लियोनलाई २–१ को अग्रता दिलाए । पुनः डेम्बेलेले ८७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि लियोन ३–१ ले विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको हो ।

यसअघि पेरिस सेन्ट जर्मेन पनि सेमिफाइनल पुगिसकेको छ । यस्तै जर्मनीबाट आरबी लाइपजिग र बायर्न म्युनिख पनि सेमिफाइनल पुगेका छन् ।

बिहीबार लियोनले सेमिफाइनलमा जर्मन क्लव बायर्न म्युनिखसँग खेल्नेछ ।

सिटीले खेलको ६९औं मिनेटमा केभिन डे ब्रुएनाले बराबरी गोल गरेर खेलमा फर्किने प्रयास गरे पनि लियोन विरुद्ध थप गोल गर्न नसक्दा पराजय भएको थियो ।

लियोन दोस्रो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि सन् २००९(१० को सेमिफाइनलमा लियोन जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको थियो । यस पटक पनि लियोनले बायर्नसँग नै सेमिफाइनल खेल्दैछ ।

मंगलबार लाइपजिग र पिएसजीबीच पहिलो सेमिफाइनल हुनेछ ।

सम्बन्धित खवर