अमेरिकी राष्ट्रपति ट्रम्पका भाइ रोबर्टको निधन - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अमेरिकी राष्ट्रपति ट्रम्पका भाइ रोबर्टको निधन


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ ।

न्यूयोर्कस्थित अस्पतालमा उपचारको क्रममा रोबर्टको निधन भएको राष्ट्रपति ट्रम्प स्वयंले जानकारी दिएका छन् ।

राष्ट्रपति ट्रम्प शनिबार मात्रै आफ्नो भाइलाई भेट्न अस्पताल गएका थिए ।

एक बयान जारी गर्दै ट्रम्पले भनेका छन्, ‘गह्रौ मनका साथ म तपाईंलाई यो जानकारी दिँदै छु कि मेरो भाइ रोबर्ट ट्रम्पले गएराति अन्तिम सास लियो । ऊ मेरो भाइमात्र थिएन, मेरो राम्रो साथी पनि थियो । उसको याद सधैं मेरो हृदयमा रहने छ ।’

७२ वर्षीय रोबर्ट राष्ट्रपति ट्रम्पभन्दा दुई वर्ष कान्छा थिए र उनी रियल स्टेटको कारोबारी थिए ।

सम्बन्धित खवर