जाडो समयमा कोरोनाका कारण संक्रमण भयावह र मृत्युदर बढ्छ : डब्ल्युएचओ - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जाडो समयमा कोरोनाका कारण संक्रमण भयावह र मृत्युदर बढ्छ : डब्ल्युएचओ

एजेन्सी । जाडो मौसममा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण थप भयावह हुने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले चेतावनी दिएको छ ।

डब्ल्युएचओका युरोप निर्देशक एवं विशेषज्ञ हंस क्लगले जाडो मौसममा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण थप भयावह हुने र मृत्यु दर पनि बढ्ने चेतावनी दिएका छन् ।

उनले भयावह अवस्थाका लागि तयारी अवस्थामा रहनु पर्नेमा जोड दिएका छन् । चिसो मौसममा मानिसहरु तातोको खोजिमा एकै ठाउँमा बस्ने भएकाले थप जोखिम हुने उनको अनुमान छ ।

विश्व स्वास्थ्य संगठनले पछिल्लो समय फेरि कोरोनाको ग्राफ बढ्दै गएको पाइएको जनाएको छ ।

पछिल्लो १४ दिनमा युरोपमा १० प्रतिशतले कोरोना संक्रमितको संख्या बढी भइसकेको उनको भनाइ छ । तर, उनले तयारी पहिलेको तुलनामा राम्रो हुँदै गएको पनि बताएका छन् ।

डिसेम्बर र जनवरीदेखि कोरोना भाइरसको दोस्रो लहर सुरु हुने अनुमान गरिएको छ । त्यो समयमा संसारका कम्तिमा ५ भ्याक्सिन बजारमा आइसक्ने बताइएको छ ।

भ्याक्सिनको पहुँच र उपलब्धताका विषयमा प्रश्न उठिरहेका बेला डब्ल्युएचओले सतर्कता अपनाउन आग्रह गरेको बिबिसीले जनाएको छ ।

सम्बन्धित खवर