बुधबार थप ७ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बुधबार थप ७ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरि थप ७ जनाको कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु भएको छ ।

यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ७ जनासहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय ९८ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका थप १ हजार ५ सय ५९ जनासहित देशभर संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ५६ हजार ४ सय २८ जना उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित खवर