थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृत्यु हुनेको संख्या ५ सय नाघ्यो - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृत्यु हुनेको संख्या ५ सय नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरि थप ११ जनाको कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु भएको छ ।

यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ११ जनासहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ९ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका थप थप १ हजार ९ सय ११ जनासहित देशभर संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ५७ हजार ३ सय ८९ जना उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित खवर