कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक डाक्टरको मृत्यु - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक डाक्टरको मृत्यु

काठमाडौ । नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक डाक्टरको मृत्यु भएको छ ।

सुर्खेत प्रादेशिक अस्पतालमा कार्यरत डाक्टरलाई कोरोना संक्रमण भएपछि भेरी अस्पताल नेपालगञ्जमा उपचाररत डाक्टरको मृत्यु भएको हो ।

कर्णाली प्रादेशिक अस्पताल सुर्खेत कालागाउँमा चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जनकोरुपमा कार्यरत डा.हरि सापकोटाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए । उनी कोरोना संक्रमितको उपचारमा खटिएका थिए ।

सापकोटाको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । यसअघि दुईजना स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको भए पनि मृत्यु हुने डाक्टर भने सापकोटा पहिलो हुन् ।

सम्बन्धित खवर