शुक्रबार २७ सय २२ जना कोरोना संक्रमित थपिदा ३३ सय ७ जना निको - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शुक्रबार २७ सय २२ जना कोरोना संक्रमित थपिदा ३३ सय ७ जना निको


काठमाडौं । शुक्रबार कोरोना भाइरस संक्रमितको संख्या २ हजार ७ सय २२ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १४ हजार ७ सय ३९ जनामा गरिएको परिक्षमा शुक्रबार २ हजार ७ सय २२ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै ६० हजार ६ सय ९६ जना उपचारपछि निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हेनेको संख्या ५ सय २० पुगेको छ ।

सम्बन्धित खवर