कोरोना पुष्टि भएपछि ट्रम्प अस्पताल भर्ना - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना पुष्टि भएपछि ट्रम्प अस्पताल भर्ना


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमणको पुष्टि भएपछि अस्पताल भर्ना गरिने भएको छ । ट्रम्पलाई शुक्रबार कोरोना पुष्टि भएको थियो ।

ह्वाइट हाउसले विज्ञप्ती निकालेर स्वास्थ्य सावधानीको लागि उहाँलाई वाल्टर रीड नेश्नल मिलिट्री मेडिकल सेन्टरमा लैजाने तयारी गरिएको जानकारी दिएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका ट्रम्पमा लक्षण देखिन थालेको छ ।

ट्रम्पलाई हल्का ज्वरो आउँनुका साथै थकान पनि धेरै महसुस हुन थालेको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति चुनाव हुन एक महिना मात्र बाँकी रहेका बेला उहाँलाई कोरोना पुष्टि भएको हो । उहाँले दोस्रो कार्यकालको लागि राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीका जो बाइडेनसँग प्रतिस्पर्धा गर्ने तय भएको छ ।

अब उहाँले केही दिन डाक्टरको सल्लाह अनुसार सावधानी अपनाएर अस्पतालबाट नै सबै काम गर्ने ह्वाइट हाउसले जनाएको छ । आफ्नी ३१ वर्षीया सल्लाहकार होप हिक्सलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गरिएको परीक्षणमा ट्रम्प दम्पतीकै रिपोर्ट पोजेटिभ आएको थियो ।

सम्बन्धित खवर