सोमबार थप २ हजार ४ सय ४० जनामा कोरोना पुष्टि, संक्रमित ८९,२६३ पुग्यो - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सोमबार थप २ हजार ४ सय ४० जनामा कोरोना पुष्टि, संक्रमित ८९,२६३ पुग्यो

काठमाडौं । नेपालमा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका २ हजार ४ सय ४० जनासहित देशभर संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ६५ हजार २ सय २ जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप १९ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या ५ सय ५४ जना पुगेकोे छ ।

सम्बन्धित खवर