अस्पतालबाट डिस्चार्ज भए डोनाल्ड ट्रम्प - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अस्पतालबाट डिस्चार्ज भए डोनाल्ड ट्रम्प

एजेन्सी । कोरोना भाइरस(कोभिड–) संक्रमण पुष्टि भएपछि अस्पताल भनाए भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् ।

तीन दिन अघि कोरोना रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका राष्ट्रपति ट्रम्प डिस्चार्ज भएका हुन् ।

ट्रम्प पूर्ण रुपमा निको नभए पनि घर लैजानु सुरक्षित भएकाले अस्पतालबाट डिस्चार्ज गरिएको डाक्टरले बताएका छन् ।

राष्ट्रपति ट्रम्पले अब ह्वाइट हाउसबाट नै आफ्ना सबै काम गर्ने तय भएको बीबीसीले जनाएको छ ।

उनको उपचार ह्वाइट हाउसमै हुने बताइउको छ । ३ नोभेम्बरमा हुने राष्ट्रपतिय चुनावमा डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग ट्रम्प प्रतिस्पर्धा गर्दै छन ।

अमेरिकी राष्ट्रपतिको चुनाव हुन लगभग १ महिना बाँकी हुँदा ट्रम्प कोरोना भाइरस सङ्क्रमित भएका हुन् ।

सम्बन्धित खवर