
बुटवल । प्रदेश ५ को नाम लुम्बिनी र राजधानी भालुवाङ कायम भएको छ ।
मंगलबार प्रदेश सभाको बैठकमा दुई तिहाइको मत लुम्बिनी र भालुवाङ पक्षमा परेपछि प्रदेश ५ को नाम लुम्बिनी र राजधानी भालुवाङ कायम भएको हो ।
प्रदेश सभाको बैठकमा ७९ जना प्रदेश सभा सदस्यले लुम्बिनीको पक्षमा मतदान गरेका छन् । विपक्षमा जम्मा ४ मत परेको छ ।
यसैगरि प्रदेश ५ को राजधानी भालुवाङको पक्षमा प्रदेश सभाका ६९ जना सदस्यले मतदान गरेका छन् ।

फ्लोर क्रस गरेका केही प्रमुख प्रतिपक्षका सांसदले पनि मतदान गरेपछि दाङको भालुवाङ राजधानी बनाउने प्रस्तावको पक्षमा ६९ मत परेको छ । विपक्षमा १३ मत परेको छ ।
अस्थायी राजधानी बुटवल रहेको थियो । अब प्रदेश ५ को राजधानी भालुवाङ र आसपासको क्षेत्र हुने भएको छ ।