
काठमाडौं । नेपालमा थप १ हजार ५ सय ५१ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि थप १ हजार ५ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ५ सय ५१ जनासहित देशभर संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ६७ हजार ५ सय ४२ जना उपचारपछि घर फर्किएका छन् ।
यसैगरि पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ९ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या ५ सय ६३ जना पुगेकोे छ ।