
काठमाडौं । चर्चित हाँस्य कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण भएको छ ।
मंगलबार चर्चित हाँस्य कलाकार हरिवंश आचार्य सँगै उनकी पत्नी रमिलालाई पनि कोरोना पुष्टि भएको हो ।
आचार्यले सामाजिक सञ्जालबाट आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा आफूसहित पत्नी रमिलालाई पनि कोरोना देखिएको उनले बताएका छन् ।
सामान्य लक्षण देखा परेपछि पीसीआर परीक्षणका लागि सोमबार स्वाब संकलन गराएको कलाकार आचार्यले अफिसियल पेज हरिवंश आचार्यमार्फत जानकारी दिँदै मंगलबार रिपोर्ट पोजेटिभ आएको उल्लेख गरेका छन् ।

हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको बताउदै आचार्यले आफूहरुको सम्पर्कमा आएकाहरुलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन आग्रह गरेका छन् ।
‘यहाँहरुको माया, आशीर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं’, उनले भने, ‘कोरोना संक्रमण ब्यापक रुपमा फैलिएकाले यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं।’