१३ आौं राष्ट्रिय शहिद ‘माङ्तोक’ स्मृति दिवसमा शालिक अनावरण - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

१३ आौं राष्ट्रिय शहिद ‘माङ्तोक’ स्मृति दिवसमा शालिक अनावरण

चुलाचुली । इलामको चुलाचुली १, कमलमा स्थापना गरिएको राष्ट्रिय शहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’को पूर्णकदको शालिक अनावरण भएको छ ।

मंगलबार १३ आौं माङ्तोक स्मृति दिवसको अवसरमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’द्वारा शालिकको अनावरण भएको हो ।

प्रमुख अतिथि लिङ्देनले लिम्बुवान आन्दोलनको क्रममा ऐतिहासिक पहिलो संविधानसभाको चुनाव पूर्णसमानुपातिक प्रणालीद्वारा गरिनु पर्छ भन्ने आन्दोलनको क्रममा ९० घण्टा लामो कर्फूको क्रममा गोली लागि शहिद हुनुभएका राजकुमार आङ्देम्बेको रगतलाई सुक्न नदिने बताएका छन् ।

अध्यक्ष लिङ्देनले अबको संघको चुनावमा कम्तिमा चालीसपचास जनाभन्दा धेरै संसद पठाउने गरी ७७ वटै जिल्लामा मञ्चलाई पु¥याउने लक्ष्य रहेको बताए ।

यसैगरि प्रतिष्ठानका अध्यक्ष ज्ञान बहादुर गुरुङ्ले शालिक निर्माणमा आर्थिक सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।

मञ्चका केन्द्रीय नेताहरुको बाकुलो उपस्थितिमा सम्पन्न कार्यक्रममा कमल गाउँपालिका सानो केर्खा स्थित शहिद राजकुमार आङ्देम्बे माङ्तोकको समाधिस्थलमा श्रद्धाञ्जलि कार्यक्रम समेत सम्पन्न भएको शहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’–मनिल तामाङ् स्मृति प्रतिष्ठानका महासचिव दिल कुमार लावतीले बताए ।

समाधिस्थल पूर्वको खाली जग्गामा ‘राष्ट्रिय शहिद माङ्तोक मनिल स्मृति पार्क’को बोर्ड राखी उक्त वोर्डको मञ्चका अध्यक्ष र बरिष्ठ उपाध्यक्षतबाट उद्घाटन समेत भएकोे प्रतिष्ठानका महासचिव लावतीले बताए ।

शालिक निर्माण समितिको पहलमा विभिन्न व्यक्तिहरुबाट करिब १४ लाख रकम संकलन गरी उक्त शालिक निर्माण भएको हो ।

यसैगरि संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति, ताप्लेजुङ्, पान्थर, इलाम, झापा, सुनसरी लगायतका विभिन्न जिल्लाहरुमा राष्ट्रिय शहिद माङ्तोक १३औ स्मृति सभा मनाएको छ ।

सम्बन्धित खवर