
काठमाडौं । नेपालमा अहिले सम्मकै धेरै ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि अहिले सम्मकै धेरै ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका अहिले सम्मकै धेरै ३ हजार ४ सय ३९ जनासहित देशभर संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ६८ हजार ६ सय ६८ जना उपचारपछि घर फर्किएका छन् ।
यसैगरि पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप १५ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या ५ सय ७८ जना पुगेकोे छ ।