
काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेपनि सरकारले तत्काल लकडाउन नहुने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेपनि तत्काल लकडाउन नगर्ने जनाएको छ ।
गत असोज ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न सिफारिस गरेको थियो ।
बुधबार मुलुकभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ जना पुगेको छ ।
काठमाडौं उपत्यका लगायतका सहरमा संक्रमण तीव्र गतिमा फैलिएसँगै अस्पतालमा बेडको अभाव समेत देखिन थालेको छ ।

मुलुकभर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा लकडाउन गर्ने वा नगर्ने भन्ने दवाव सरकारलाई छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अझै पनि अस्पतालहरुले बिरामीको संख्या धान्न सक्ने भएकाले अर्को निर्णय नभएसम्म लकडाउन नहुने बताएका छन् ।