
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा अहिले सम्मकै धेरै ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या निरन्तर बढ्न थालेको छ । नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।
बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि अहिले सम्मकै धेरै ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका अहिले सम्मकै धेरै ४ हजार ३ सय ६४ जनासहित देशभर संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ७१ हजार ३ सय ४३ जना उपचारपछि घर फर्किएका छन् ।
यसैगरि पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप १२ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या ५ सय ९० जना पुगेकोे छ ।