पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट १२ जनाको मृत्यु - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट १२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरि थप १२ जनाको कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु भएको छ ।

यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १२ जनासहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ९० पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका अहिले सम्मकै धेरै ४ हजार ३ सय ६४ जनासहित देशभर संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ७१ हजार ३ सय ४३ जना उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित खवर