धिमाल बिद्यार्थी मञ्चको अध्यक्षमा तेज बहादुर - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

धिमाल बिद्यार्थी मञ्चको अध्यक्षमा तेज बहादुर

उर्लाबारी । धिमाल विध्यार्थी मञ्च केन्द्रीय कार्यसमितिको चौथो राष्ट्रिय अधिवेशनबाट मन्चको केन्द्रीय अध्यक्षमा तेज बहादुर धिमाल चयन भएको छ ।

मोरङको उर्लाबारी ३ स्थिति पहिचान सहित संघियता कार्यन्वयनको कामना वैज्ञानिक प्राविधिक गुणस्तरीय मातृभाषा सहितको शिक्षा हाम्रो चाहना भन्ने मुल नाराका साथ सम्पन्न मञ्चको चौथो राष्ट्रिय अधिवेशनबाट तेज बहादुर धिमालको अध्यक्षतामा २१ केन्द्रीय कार्य समिति चयन भएको हो ।

धिमाल जातीय विकास केन्द्रको परियोजना स्थलको केन्द्रीय सभाहलमा सम्पन्न भएको राष्ट्रिय अधिवेशनबाट मञ्चको केन्द्रीय उपाध्यक्षमा दिपेन धिमाल र अन्जु धिमाल महासचिवमा सृजना धिमाल सचिबमा विबेक धिमाल कोषाध्यक्षमा सरल धिमाल र सदस्यहरुमा सुनिल, बिकास, बिजय, गौरी, प्रकृति, देबिका, अस्मिता, सुनिता, मनिषा, वर्षा, ज्योति, रबिना, निसान, गौरव र बिनिता सर्वसम्मत चयन भएका थिए ।

कार्यक्रममा मोरङ, झापा, सुनसरी र काठमाडौमा अस्थायी तथा स्थायी रुपमा बसी अध्ययन गरिरहेका बिध्यार्थीहरुको भव्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी अतिथि वक्ताहरुले धिमाल विध्यार्थीहरु जोडतोडका साथ अघि बढ्नुपर्ने, देशभर रहेका धिमाल विध्यार्थीहरुको समस्या पहिचानगरी शिक्षा क्षेत्रमा अघिबढ्नुपर्ने, सरकारले दिएको अधिकारलाई मध्यनजरगरी बढ्ने र बढाउने, शिक्षा हाँसिल संगै जाति भित्रका पृष्ठभूमि र समस्यामा समेत जागरुक र सहयोगी हुनुपर्ने भनाइ रहेको थियो ।


कार्यक्रमको प्रमुख अतिथि धिमाल जातीय विकास केन्द्रका अध्यक्ष तेजबहादुर धिमाल, बिशिस्ट अतिथि धिमाल जातीय विकास केन्द्रका उपाध्यक्ष नम्बरलाल धिमाल, अतिथिमा केन्द्रीय महासचिव केदार धिमाल, किँरात राई बिध्यार्थी संघका केन्द्रीय अध्यक्ष रामचन्द्र राई लगायत रहेका थिए ।

धिमाल विध्यार्थी मञ्चका अध्यक्ष तिलक धिमालको सभापतित्वमा कार्यक्रम समापन भएको कार्यक्रममा धिमाल बिध्यार्थी मञ्चका उपाध्यक्ष अष्ठनारायण धिमालले संचालन गरेका थिए ।

सम्बन्धित खवर