पाकिस्तानमा पनि शुक्रबारदेखि टिकटक प्रयोगमा प्रतिबन्ध - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पाकिस्तानमा पनि शुक्रबारदेखि टिकटक प्रयोगमा प्रतिबन्ध

एजेन्सी । पाकिस्ताले पनि सामाजिक सञ्जाल चिनियाँ एप्स टिकटक प्रतिबन्ध लगाएको छ ।

शुक्रबारदेखि पाकिस्तानले सामाजिक सञ्जाल चिनियाँ एप्स टिकटक प्रतिबन्ध लगाएको हो । यस अघि चिनियाँ एप्स टिकटकलाई भारत, अमेरिकालगायतका देशहरुले प्रतिबन्ध लगाइसकेको छ ।

पाकिस्तानले टिकटकमा ‘अनैतिक सामग्रीहरु’ भएको निश्कर्ष निकाल्दै शुक्रबारदेखि टिकटकलाई देश भित्र प्रतिबन्ध लगाउने निर्णय गरेको अधिकारीहरुले जनाएका छन् ।

चीनसँगको सदाबहार मित्र भएपनि चिनियाँ एप्सलाई मुलुक भित्र प्रतिबन्ध लगाउनु पर्ने बाध्यता सृजना भएको अधिकारीहरुको भनाई छ ।

पाकिस्तानी दुरसञ्चार प्राधिकरणद्धारा जारी वक्तव्यमा टिकटकबाट मुस्लिम धार्मिक संस्कारको उलंघन र त्यसलाई असर पार्ने कार्य भइरहेकाले त्यसलाई नियन्त्रणका लागि टिकटक प्रतिवन्ध लगाउनु परेको उल्लेख गरेको छ ।

मुस्लिम संस्कार अनुसार महिलाहरुले बुर्का लगाउनु पर्ने, शारिरिक अंगहरु प्रदर्शन गर्न नहुनेलगायतका कडा सांस्कृति व्यवस्था भएपनि टिकटक प्रयोगकर्ताहरुले त्यसलाई उलंघन गरेको र सामाजिक तथा धार्मिक संस्कार विथोल्ने गतिविधि भएको भन्दै टिकटकका विरुद्धमा उजुरीहरु परेको उल्लेख गरिएको छ ।

सम्बन्धित खवर