
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा अहिले सम्मकै धेरै ५ हजार ८ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै धेरै संक्रमण हो ।
यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि अहिले सम्मकै धेरै ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका अहिले सम्मकै धेरै ५ हजार ८ जनासहित देशभर संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ७४ हजार २ सय ५२ जना उपचारपछि घर फर्किएका छन् ।
यसैगरि पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप १४ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या ६ सय १४ पुगेकोे छ ।