
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरि थप १४ जनाको कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु भएको छ ।
यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १४ जनासहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय १४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ५ हजार ८ जनासहित देशभर संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ७४ हजार २ सय ५२ जना उपचारपछि घर फर्किएका छन् ।