नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ७१ जनामा कोरोना पुष्टि - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ७१ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ७१ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै धेरै संक्रमण हो ।

यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि थप २ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका २ हजार ७१ जनासहित देशभर संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ७५ हजार ८ सय ४ जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप २२ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या ६ सय ३६ पुगेकोे छ ।

सम्बन्धित खवर