पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट २२ जनाको मृत्यु - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट २२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरि थप २२ जनाको कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु भएको छ ।

यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २२ जनासहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ३६ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका २ हजार ७१ जनासहित देशभर संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ७५ हजार ८ सय ४ जना उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित खवर