
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार स्वास्थ्यमा समस्या आएपछि पाटन अस्पताल गएका पोखरेललाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो ।
शिक्षामन्त्री पोखरेललाई संक्रमण पुष्टि भएसँगै केहीदिनदेखि उनको नजिकमा रहेका व्यक्तिहरुलाई सुरक्षित र सजग रहन आग्रह पनि गरेका छन् ।

मन्त्री पोखरेल पाटन अस्पतालको आइसोलेसनमा बसेका छन् । ज्वरो आएपछि उनी शनिबारै चिकित्सकको निगरानीमा रहने गरी पाटन अस्पतालमा बसेका थिए ।
कोरोना पुष्टि भएपछि उनलाई चिकित्सकहरुले आइसोलेसनमा राखेका उनका सहयोगी विनोद न्यौपानेले जानकारी दिएका छन् ।