मृगौला पिडित सानुसा लावतीलाई २ लाख बढी सहयोग - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मृगौला पिडित सानुसा लावतीलाई २ लाख बढी सहयोग

दमक । दुवै मृगौला खराब भइ उपचार गराइरहेकी सानुसा लावतीलाई सानुसा लावती बचाउ अभियान दमक नगर समितिले सहयोग रकम हस्तान्तरण गरेको छ ।

अभियान समितिका संयोजक आकाश ताङहाङ लिम्बु सहितको टोलीले लावतीलाई २ लाख १२ हजार ६ सय ४० रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो ।

लावतीको उपचारका लागि आवश्यक रकम संकलनका एक अभियान समिति गठन गरि सहयोग रकम संकलन गरिएको थियो ।

विभिन्न व्यक्तिहरूबाट संकलित सो सहयोग रकम मृगौला रोगि सानुसा लावतीलाई हस्तान्तरण गरिएको हो ।

पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं. ५ घर भई दमक बहुमुखी क्याम्पस दमकमा अध्ययनरत लावती केहि समय देखि दुवै मृगौला खराब भइ उपचार गराइरहेकी छिन् ।

लावतीको विगत लामो समयबाट Systematic Lupus  Erythematosus (SLE) को कारण मुटुमा समस्या भएको र दुबै मृगौला फेल भई हाल नोवेल हस्पिटल विराटनगरमा उपचार गराइरहेकी छिन् ।

लावती विगत ३ वर्ष देखि अध्ययनको शिलशिलामा दमक बस्दै आएकी हुन् । अध्ययनसँगै विभिन्न संघसंस्थाहरुमा पनि आवद्ध लावती लिम्बु विद्यार्थी मञ्च झापाका उपाध्यक्ष समेत रहेकी छिन् ।

हालसम्म संकलित रकम बिरामीलाई बुझाइएको समितिका संयोजक आकाश ताङहाङ लिम्बुले बताए । सहयोग रकम हस्तान्तरण गर्दै लिम्बुले भने– सहयोग रकम अझै पनि उठ्ने क्रम जारी रहेको र बाँकि उठ्ने रकम पुनः पछि हस्तान्तरण गर्नेछौ ।

लावतीको उपचारका लागि विद्यार्थीहरूबीच छलफल गरि एक अभियान समिति बनाएर अभियान संचालन गरिएको अभियान समितिका सदस्य सुनिल राई बताए ।

सामाजिक सञ्चाल मार्फत सहयोग अपिल गरि सुरू गरिएको अभियानलाई सहयोग गर्ने सम्पूर्ण सहयोगि व्यक्तिहरू प्रति धन्यवाद व्यक्त गरे ।

सहयोग रकम हस्तारन्तरण गर्नका लागि अभियान समितिका संयोजक आकाश ताङहाङ लिम्बु, सदस्यहरू सुनिल राई, मिना नेम्बाङ, नैना चाम्लिङ राई साथै गगन लावती, जीतेन राईको उपस्थित रहेको थियो ।

सम्बन्धित खवर