दसैँबारे मन्त्रिपरिषद्को नयाँ निर्णय : अन्तर्राष्ट्रिय उडान कात्तिक मसान्तसम्म रोक्ने - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दसैँबारे मन्त्रिपरिषद्को नयाँ निर्णय : अन्तर्राष्ट्रिय उडान कात्तिक मसान्तसम्म रोक्ने

काठमाडौं । मन्त्रिपरिषद् बैठकले दसैँबारेमा पनि नयाँ निर्णय गरेको छ ।

दसैँमा आवतजावत धेरै हुने भएकाले अहिले रहेकै ठाउँमा दसैँ मनाउने व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ ।

त्यसका लागि के कसरी निर्णय कार्यान्वयन गराउने भन्ने विषय भने सम्बन्धित मन्त्रालयले जानकारी गराउने भएको छ ।

यसैगरि सरकारले कोरोना भाइरसको महामारीलाई थप बढ्न नदिनका लागि अन्तर्राष्ट्रिय उडान कात्तिक मसान्तसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

असोज मसान्तसम्म रोक लगाइएको अन्तर्राष्ट्रिय उडानलाई कोरोना भाइरसको महामारीलाई थप बढ्न नदिनका लागि कात्तिक मसान्तसम्म लम्बाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

अहिले निश्चित क्षेत्रबाट भने अन्तर्राष्ट्रिय उडान सञ्चालन भइरहे जनाएको छ ।

सम्बन्धित खवर