आईपीएल : गेलको आगमनमा किङ्स इलाभेन पन्जाबको दोस्रो जित - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : गेलको आगमनमा किङ्स इलाभेन पन्जाबको दोस्रो जित

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले दोस्रो जित निकालेको छ ।

बिहीबार राति सारजाह क्रिकेट स्टेडियममा रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गर्दै पन्जाबले दोस्रो जित निकालेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्य पन्जाबले २० ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।

पन्जाबको जितमा कप्तान केएल राहुलले ४९ बलमा अविजित रहदै ६१ रन र क्रिस गेलले ४५ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस सिजन पहिलो पटक पन्जाबको प्लेइङ सेटमा परेका युनिभर्सल बोसको उप नामले कहलिएका गेलले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका हुन् । यसैगरिमायांक अग्रवालले ४५ रनको योगदान दिए भने निकोलस पुरन ६ रनमा अविजित रहे ।

बैंगलोरका लागि युजभेन्द्र चाहलले १ विकेट लिए ।

यस अघि बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४८ रन जोडे ।

यसैगरि शिबम डुबेले २३ रन जोड्दा आरोन फिन्चले २० रन बनाए भने देभदुत पडीक्कल १८ रनमा आउट हुँदा वासिंगटन सुन्दर १३ रनमा आउट भए । यसैगरि क्रिस मोरीस २५ रनमा अविजित रहदा इसुरु उडाना १० रनमा अविजित रहे ।

पन्जाबका मोहमद शामी र मुरुगान आश्विनले २/२ विकेट लिए भने अश्रदिप सिंह र क्रिस जोर्डनले १र१ विकेट लिए ।

जितसँगै पन्जाबले ८ खेलमा ४ अंक जोडेको छ । पन्जाब पुछारमा रहेको छ ।

सम्बन्धित खवर