आईपीएल : सन्दिप आबद्ध दिल्लीमाथि कोलकाताको सहज जित - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : सन्दिप आबद्ध दिल्लीमाथि कोलकाताको सहज जित

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राईडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गर्दै जित दर्ता गरेको छ ।

शनिबार शेख जायद क्रिकेट मैदान अबुधाबीमा भएको खेलमा कोलकाताले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्लीलाई ५९ रनले पराजित गर्दै जित दर्ता गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले दिएको १ सय ९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो ।

दिल्लीका कप्तान श्रेयास आयरले ४७, ऋषभ पन्तले २७, रविचन्द्रन अश्विनले १४ तथा शिम्रोन हिटमेयरले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेन ।

शून्य रनमा पहिलो विकेट गुमाएको दिल्लीका खेलाडी निरन्तरको अन्तरालमा आउट भए । यसैगरि दिल्लीका ६ जना ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेन ।

दिल्लीलाई सस्तैमा समेट्ने क्रममा कोलकाताका वरूण चक्रवर्तीले ५, प्याट कमिन्सले ३ तथा लक्की फर्गुसनले १ विकेट लिए ।

दिल्लीविरूद्ध पाँच विकेट लिएका चक्रवर्ती १३औं आइपिएलमा पहिलो पाँच विकेट लिने खेलाडी समेत बने ।

यस अघि कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । ४२ रन जोड्दा ३ विकेट गुमाईसकेको कोलकाताका लागि नारिन र रानाले चौंथो विकेटका लागि १ सय १५ रनको साझेदारी गरेका थिए ।

यसैगरि राहुल त्रिपाठी १३ रनमा आउट हुँदा सुबमन गिलले ९ र दिनेश कार्तिकले ३ रन जोडे भने कप्तान इयान मोर्गनले १७ रन बनाए ।

दिल्लीका मार्कुस स्टोनिस, एनरिच नोर्टजे र कागिसो राबडाले २/२ विकेट लिए ।

सम्बन्धित खवर