ला लिगा : पहिलो एल क्लासिकोमा रियलको सहज जित - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : पहिलो एल क्लासिकोमा रियलको सहज जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिको भिडन्तमा रियल मड्रिडले जित दर्ता गरेको छ ।

क्याम्प नाउमा शनिबार भएको सिजनको पहिलो एल क्लासिकोमा रियलले बार्सिलोनालाई ३–१ गोल अन्तरले पराजित गर्दै जित दर्ता गरेको हो ।

रियलको जितका लागि फेड्रिको भालभर्डे, सर्जियो रामोस र लुका मोड्रिचले एक एक गोल गरे । बार्सिलोनाका लागि भने अन्सु फातीले एक मात्र गोल फर्काए ।

खेलको पाँचौ मिनेटमा फेड्रिकोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर, नवौं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा फर्काए ।

यो गोलसँगै फाती एल क्लासिकोमा गोल गर्ने सर्वाधिक कम उमेरका खेलाडी बनेका छन् । फातीले १७ वर्षको उमेरमा गोल गरेका हुन् ।

खेलको ६३ औं मिनेटमा बार्सिलोनाका लेग्लेटले पेनाल्टी क्षेत्रमा रामोसलाई फउल गरेपछि पाएको पेनाल्टीको अवसर कप्तान रामोसले पेनाल्टी गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए ।

यसैगरि खेलको ९० औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई ३–१ को सहज जित दिलाए । जितसँगै रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सम्बन्धित खवर