आईपीएल : हैदराबादमाथि पन्जाबको रोमाञ्चक जित - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : हैदराबादमाथि पन्जाबको रोमाञ्चक जित

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले सनराइजर्स हैदराबादलाई पराजित गर्दै जित दर्ता गरेको छ ।

शनिबार राति दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पन्जाबले हैदराबादलाई १२ रनले पराजित गर्दै जित दर्ता गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले दिएको १ सय २७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबाद १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय १४ रनमा समेटियो ।

हैदराबादका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ३५ रन बनाउदा विजय शंकरले २६ रन जोडे भने जोनी बेयरस्टोले १९ रन बनाउदा मनिस पाण्डेले १५ रन बनाए ।

पन्जाबका क्रिस जोर्डन र अश्रदिप सिंहले ३/३ विकेट लिए भने मोहमद शामी, मुरुगान आश्विन र रवि बोश्नोईले एक एक विकेट लिए ।

यस अघि पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । पन्जाबका लागि निकोलस पुरनले अविजित रहदै सर्वाधिक ३२ रन बनाउदा कप्तान केएल राहुलले २७ रन जोडे भने क्रिस गेलले २० रन बनाए ।

यसैगरि मन्दिप सिंह १७ रनमा आउट हुँदा ग्लेन म्याक्सवेलले १२ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक जोड्ने सकेनन् ।

पन्जाबलाई सस्तैमा समेट्न हैदराबादका राशिद खान, सन्दीप शर्मा र जासन होल्डरले २/२ विकेट लिए ।

सम्बन्धित खवर