आईपीएल : बैंगलोरकोमाथि चेन्नईको सहज जित - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : बैंगलोरकोमाथि चेन्नईको सहज जित

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक उपविजेता चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गर्दै सहज जित दर्ता गरेको छ ।

आइतबार दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा चेन्नईले बैंगलोरलाई ८ विकेटले पराजित गर्दै सहज जित दर्ता गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले दिएको १ सय ४६ रनको लक्ष्य चेन्नईले १८ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

चेन्नईको जितमा रुतुराज गायकवाडले अविजित रहदै ६५ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान महेन्द्र सिंह धोनी १९ रनमा अविजित रहे । यसैगरि अम्बाती रायडुले ३९ रन जोड्दा फाप डु प्लेसिसले २५ रन बनाए ।

बैंगलोरका लागि क्रिस मोरिस र युजभेन्द्र चाहलले १र१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा एबी डी भिलियर्सले ३९ रन जोडे । यसैगरि ओपनर देबदुत पडीक्कलले २२ रन जोड्दा अर्का ओपनर आरोन फिन्चले १५ रन बनाए ।

चेन्नईका साम करणले ३ विकेट लिदा दिपक चाहरले तथा मिचेल स्टानरले १ विकेट लिए । चेन्नई १२ खेलमा ८ अंक जोड्दै सातौं स्थानमा उक्लिएको छ ।

सम्बन्धित खवर