सिरी ‘ए’ : भेरोनासँग युभेन्ट्स बराबरीमा रोकियो - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सिरी ‘ए’ : भेरोनासँग युभेन्ट्स बराबरीमा रोकियो

एजेन्सी । इटालियन सिरी ’ए’ फुटबलमा डिफेन्डिङ च्याम्पियन युभेन्ट्स बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा युभेन्ट्स हेलास भेरोनासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डेजन कुलुसेभास्कीले गोल गरेपछि युभेन्ट्स हारबाट जोगिएको हो ।

खेलको ६० औं मिनेटमा आन्द्रे फाभिलीले गोल गर्दै भेरोनालाई १–० को अग्रता दिलाए । तर, डेजनले खेलको ७८ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाए ।

घरेलु मैदानमा बराबरीमा रोकिएसँगै युभेन्ट्स ५ खेलमा ९ अंक साथ पाँचौं स्थानमा रहेको छ ।

सम्बन्धित खवर