आईपीएल : दिल्लीमाथि हैदराबादको सानदार जित - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : दिल्लीमाथि हैदराबादको सानदार जित

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई पराजित गर्दै सानदार जित दर्ता गरेको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मंगलबार राति भएको खेलमा हैदराबादले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम दिल्लीलाई ८८ रनले पराजित गर्दै सानदार जित दर्ता गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले दिएको २ सय २० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले १९ ओभरमा अलआउट हुँदै १ सय ३१ रन मात्र बनाउन सफल भयो ।

दिल्लीका लागि ऋषब पन्तले सर्वाधिक ३६ रन जोड्दा अजिन्का रहानेले २६ रन बनाए भने टुसार देशपाण्डेले अविजित २० रन जोड्दा शिम्रन हिटमायरले १६ रन बनाए । यसैगरि कप्तान श्रेयस एयर ७ रनमा आउट हुँदा शिखर धवन सुन्य रनमा पेभेलियन फर्किए ।

दिल्लीलाई सस्तैमा समेट्न हैदराबादका राशिद खानले ४ ओभरमा ७ रन खर्चिएर ३ विकेट लिए भने सन्दीप शर्मा र टी नटराजनले २/२ विकेट लिए ।

यस अघिे हैदराबादले २० ओभरमा २ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो । दिल्लीको फराकिलो लक्ष्यमा रिद्धिमान शाहले ४५ बलमा १२ चौका र २ छक्कासहित ८७ रन बनाउदै अर्धशतकीय इनिङ्स खेले ।

यसैगरि कप्तान डेभिड वार्नरले ३४ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६६ रनको अर्धशतकीय इनिङ्स खेले । पहिलो विकेटको रुपमा ओपनरद्वय रिद्दिमान र वार्नरले पहिलो विकेटका लागि १ सय ७ रनको साझेदारी गरेका थिए ।

यसैगरि मनिस पाण्डेले अविजित रहदै ४४ रन जोड्दा केन विलियम्सनले अविजित ११ रन बनाए ।

दिल्लीका एनरिच नोर्टजे र रविचन्द्र आश्विनले १/१ विकेट लिए । हैदराबादसँग पराजित भएपछि दिल्ली भने लिगको शीर्ष स्थानमा तेस्रो स्थानमा झरेको छ ।

सम्बन्धित खवर