आईपीएल : बैंगलोरबिरुद्ध जित निकाल्दै मुम्बई प्ले अफ नजिक - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : बैंगलोरबिरुद्ध जित निकाल्दै मुम्बई प्ले अफ नजिक

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स प्ले अफ नजिक पुगेको छ ।

बुधबार राति शेख जायद क्रिकेट स्टेडियम आबुधाबीमा भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरबिरुद्ध ५ विकेटको जित निकाल्दै मुम्बई प्ले अफ नजिक पुगेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।

मुम्बईको जितमा सूर्यकुमार यादबले अविजित रहदै ७९ रनको अर्धशतकीय इनिङ्स खेले भने इशान किसनले २५ रन जोड्दा क्विनटन डी ककले १८ रन जोडे । यसैगरि हार्दिक पाण्डय १७ रनमा आउट हुँदा कुर्नाल पाण्डयले १० रन बनाए ।

बैंगलोरका लागि युजभेन्द्र चाहल र मोहमद सिराजले २/२ विकेट लिए भने क्रिस मोरिसले १ विकेट लिए ।

यस अघिे बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । बैंगलोरका लागि ओपनर देबदुत पडीकलले ४५ बलमा उनले १२ चौका र १ छक्का प्रहार गर्दै ७४ रनको अर्धशतकीय इनिङ्स खेले ।

यसैगरि जोस फिलिपले ३३ रन जोड्दा एबी डी भिलियर्सले १५ रन बनाए भने गुर्किरात सिंहले अविजित १४ रन रहे । वासिङ्गटन सुन्दर १० रनमा अविजित रहदा कप्तान विराट कोहली भने ९ रनमा आउट भए ।

मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिदा उनले आईपीएलमा १ सय विकेटको आँकडा समेत पुरा गरेका छन् ।

यसैगरि राहुल चाहर, केइरन पोलार्ड र ट्रेन्ट बोल्टले १/१ विकेट लिए । आठौं जित निकालेको मुम्बईले १२ खेलमा १६ अंक जोड्दै शीर्ष स्थानमा यथावत रहेको छ ।

सम्बन्धित खवर