च्याम्पियन्स लिग : युभेन्ट्समाथि बार्सिलोनाको सहज जित - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

च्याम्पियन्स लिग : युभेन्ट्समाथि बार्सिलोनाको सहज जित

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले युभेन्ट्सलाई हराउदै सहज जित निकालेको छ ।

बुधबार राति समूह ‘जी’को खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन महारथी युभेन्ट्सलाई २–० ले हराउदै सहज जित निकालेको हो ।

बार्सिलोनाको जितमा उसमान डेम्बेले र लियोनल मेस्सीले एक एक गोल गरे । खेलको पहिलो हाफमा डेम्बेलेको गोलमा बार्सिलोनाले अग्रता लिए । खेलको दोस्रो हाफमा कप्तान मेसिले पेनल्टी मार्फत गोल गर्दै जित दिलाए ।

क्लबका अध्यक्ष जोसेप मारिया बर्टोमेउ सहितका बोर्ड सदस्यले राजीनामा दिएपछि बार्सिलोना टुरिन भ्रमणमा निस्किएको थियो ।

समूह चरणको ड्र सार्वजनीक हुने बित्तिकै धेरैले मेस्सी र रोनाल्डोको भिडन्तको रुपमा ब्याख्या गरे पनि करिब दुई वर्षपछि आपसमा भिड्ने तय भएकोमा कोरोना भाइरसको संक्रमण देखिएपछि रोनाल्डोले बार्सिलोनाविरुद्धको खेल गुमाएका थिए ।

सोही समूहको अर्को खेलमा डायनामो किभ र फेरेन्किोव्रोसी टीसीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे ।

बार्सिलोना २ खेलमा ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ ।

सम्बन्धित खवर