देशभर पछिल्लो २४ घन्टामा २ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर पछिल्लो २४ घन्टामा २ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २ हजार १ सय ११ जनामा कोरोना भाईरस(कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ३७ जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार १ सय ११ जनासहित देशभर संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३७ जना कोरोना मुक्त भए सगैं १ लाख ६८ हजार १ सय २९ जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या १ हजार २ सय २ पुगेकोे छ ।

सम्बन्धित खवर