
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीलाई कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
लक्षण देखिएपछि बिहीबार डा गोविन्द केसीको पिसिआर परीक्षण गरिएको थियो । हाल उनलाई शिक्षण अस्पताल महाराजगञ्जस्थित शिक्षण अस्पतालको गणेशमान भवनमा भर्ना गरिएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार डाक्टर केसीमा ज्वरो रुघाखोकीको समस्या देखिएको छ । यसअघि उनका भाइ केशवलाई पनि कोरोना पुष्टि भएको थियो । केशवको पनि हाल सोही अस्पतालमा उपचार भइरहेको छ ।