
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ९ सय ४६ जनामा कोरोना भाईरस(कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा २ हजार ५ सय ०३ जना कोरोना मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ९ सय ४६ जनासहित देशभर संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ०३ जना कोरोना मुक्त भए सगैं १ लाख ७० हजार ६ सय ३२ जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या १ हजार २ सय १५ पुगेकोे छ ।