सोनाम ल्होसारमा सार्वजनिक विदा - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सोनाम ल्होसारमा सार्वजनिक विदा


दमक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तामाङ समुदायले मनाउँदै आएको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको सोमबार बसेको बैठकले २८५७औँं सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

त्यसैगरी तेमाल गाउँपालिकाले पनि ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय यसअघि नै गरिसकेको छ ।

गाउँपालिकाले ल्होसार पर्व मनाउनको लागि आगामी माघ २८, २९ र ३० गते गाउँपालिका अन्तर्गत सम्पूर्ण कार्यालय र शैक्षिक संस्थासमेत बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

तामाङ समुदायले ल्होसारलाई सांस्कृतिक तथा धार्मिक पर्वको रुपमा मनाउने गर्दछ । तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भन्ने जनाउँछ । त्यसैले ल्होसारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ । चन्द्रमास पात्रो अनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होसार अर्थात नयाँ वर्ष मान्ने गरिन्छ ।

ल्होसारमा १२ वटा जीवजन्तुको नामबाट ल्हो खोर्लो अर्थात वर्ष चक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ ।

सम्बन्धित खवर