
माङसेबुङ । नेपालले साफ यु–१९ महिला च्याम्पियनसिपमा पहिलो जित हासिल गरेको छ ।
सोमबार पोखरा रंगशालामा भएको खेलमा भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले पहिलो जित हासिल गरेको हो । यो जित सँगै नेपालको फाइनल खेल्ने सम्भावना जिवित राखेको छ ।

पहिलो खेलमा भारतसँग नेपाल १–० ले पराजित भएको थियो । जितसँगै नेपाल अंक तालिकामा भारतलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ ।
नेपालले अन्तिम खेल बुधबार बंगलादेशसँग खेल्नेछ । अंक तालिकाका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।








