अम्याङ्साको गजल, रुबाइ र हाइकु संग्रह एकसाथ विमोचन - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अम्याङ्साको गजल, रुबाइ र हाइकु संग्रह एकसाथ विमोचन

दमक । सञ्चरकर्मी तथा साहित्यकार मुसाहाङ् अम्याङ्साको साहित्यिक कृति विरासतको जोखना (गजल संग्रहह २०७७) रेष्टुराँको सटरभित्र (रुबाइ संग्रह २०७७) र रैथाने (हाइकु संग्रह २०७७) एकसाथ विमोचन गरिएको छ ।

मंगलबार याक्थुङ् साहित्य प्रतिष्ठानको आयोजनामा झापाको दमक स्थित एस.जी. होटलको सभाहलमा दमक प्रज्ञा प्रतिष्ठान अध्यक्ष हेमनाथ अधिकारीको प्रमुख आतिथ्यतामा साहित्यकार अम्याङ्साको साहित्यिक कृति गजल, रुवाइ र हाइकु संग्रह एकै पटक विमोचन गरिएको हो ।

कार्यक्रममा गजलकार विवश वलिभद्र कोइरालाले विरासतको जोखना गजल संग्रह, फरक आयाम अभियान्ता साङ्सेन पंधाकले रेष्टुराँको सटरभित्र रुबाइ संग्रह, र दमक प्रज्ञा प्रतिष्ठानका सचिव विष्णु न्यौपानेले रैथाने हाइकु संग्रह माथी समिक्षा÷टिप्पणी गरेका थिए ।

वि.सं. २०६२÷०६३ सालदेखि नेपाली तथा लिम्बू साहित्यमा सक्रिय अम्याङ्साको कृति याक्थुङ् साहित्य प्रतिष्ठान झापाले प्रकाशन गरेको हो । विगतमा लिम्बू÷नेपाली साहित्यमा हाइकु तांका रुबाइ, गजल जस्ता विभिन्न विधामा फुटकर सिर्जनाहरु पत्रपत्रिकामा प्रकाशित गर्दै आएका थिए ।

यस अघि साहित्यकार अम्याङ्साको संक्षिप्त किरात इतिहास तथा आथरेहाङ् मुसाहाङ् लिम्बू बंशावली दस्तावेज (२०७४), मुक्तु (हाइकु संग्रह २०७७) प्रकाशित भएका छन् ।

कार्यक्रममा साहित्यकार राजकुमार सुब्बा अनिश्चित, बिराट किराती, सुमित्रा वाङ्देल चेली, पुष्पहाङ् लोरिङ्देन लोवा, सपना कन्दङ्वा, इछिङ्सा सङ्बाङ्फे, रंगकर्मी वनेम विक्रम फागो, सञ्चरकर्मी सङ्सेमी माङ्युङ्, भवानी आङ्देम्बे लगायतको उपस्थिति रहेको थियो ।

याक्थुङ् साहित्य प्रतिष्ठान झापा अध्यक्ष सेसेमी से–नाल्बोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई प्रतिष्ठान कोषाध्यक्ष रचना लाओतीले संचालन गरेकी थिइन् ।

भाषिक आन्दोलनका अभियान्ता अम्याङ्सा नाम्गेत लिम्बुवान र पोक्लाबाङ् पत्रिकाको प्रकाशक÷प्रधान सम्पादक पनि हुन् ।

सम्बन्धित खवर