सामाजिक सुरक्षा भत्तामा बृद्धि, बृद्ध भत्ता ४ हजार पुग्यो - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सामाजिक सुरक्षा भत्तामा बृद्धि, बृद्ध भत्ता ४ हजार पुग्यो

काठमाडौं । सरकारले सामाजिक सुरक्षा बृद्धि गरेको छ । सरकारले यो वर्ष ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा मासिक एक हजार बढाएर ४ हजार पु¥याएको छ ।

शनिबार सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । यसका लागि १ खर्ब छुट्याएको उनले बताए ।

मुलुकभर ३२ लाख ५८ हजार १ सय २९ जनाले सामाजिक सुरक्षा भत्ता खाइपाइ आएको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको तथ्यांकमा उल्लेख छ । जसमध्ये १७ लाख ३९ हजार ३ सय ५९ जनाले बृद्धभत्ता बुझ्दै आएका छन् ।

सरकारले संसद्का दुवै सदनमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, संसद् विघटन भइसकेको अवस्थामा सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वार्षिक बजेट घोषणा गरेको हो ।

अर्थमन्त्री पौडेलले बजेटको विनियोजन गर्नुअघि शनिबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश जारी गरेकी छन् ।

मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन र राष्ट्र ऋण उठाउने अध्यादेश गरी तीन वटा अध्यादेश जारी गरेकी हुन् ।

सम्बन्धित खवर