नालीफूङ्वा माङ्सेबुङ पान्जुम्भो अध्यक्षमा पुनः वाइसकुमार - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नालीफूङ्वा माङ्सेबुङ पान्जुम्भो अध्यक्षमा पुनः वाइसकुमार

  • योगेश लावती ‘चुक्सा याप्मी’

माङसेबुङ । किरात साम्यो नालीफूङ्वा माङ्सेबुङ पान्जुम्भोको चौथो सम्मेलनबाट बाइसकुमार राइको अध्यक्षतामा २७ सदसीय समिती चयन भएको छ ।

मंगलबार माङसेबुङ ५ मा अवस्थित सभाहलमा सम्पन्न पान्जुम्भोको चौथो सम्मेलनबाट चयन भएका नयाँ कार्यसमितिको उपाध्यक्षमा इङ्सो साँबा र रोसन थेगिम सचिवमा सुवास तिगेला, सहसचिवमा तान्छो केरुङ, कोषाध्यक्षमा तुलसा चोङ्बाङ र सहकोषाध्यक्षमा डिम्पल योङ्हाङ रहेका छन् ।

यसैगरी सदस्यहरुमा मिलन इधिङगो, सगुन आङ्ला, वर्षा केरुङ, सागर लिम्बू, युसब लिम्बू, भिम लिम्बू, नरेन्द्र लिम्बू, ओन्छाहाङ केरुङ, मनिसा चेम्जोङ, चन्द्र लिङ्खिम, समीर चेम्जोङ, लोकेन लिम्बू, लक्ष्य लिम्बू, बर्षा माबोहाङ, मन्जु योङहाङ, मिलन लिम्बू, जसहाङ फागो, लिमुक्साम नेम्बाङ, बुद्धहाङ सम्बाहाम्फे र सन्तुहाङ लिम्बू चयन भएका छन् ।

केन्द्रको पाचौं केन्द्रीय महासम्मेलनबाट पदोन्नति भएका माङसेबुङ पान्जुम्भोका निवर्तमान उपाध्यक्षदय अस्मिता लाओती, टीका खजुम, सचीव चन्द्रा केरुङ, सहसचिव सबिन साम्पाङ, कोषाध्यक्ष दिवस तिगेला र सदस्य सेसेहाङ नेम्बाङ लाई बधाई तथा शुभकामना पत्र प्रदान गरिएको थियो ।

किरात साम्यो नालीफुङ्वा मुजोत्लुङ पान्जुम्भोको केन्द्रीय अध्यक्ष पृतिमान खालिङ राईको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा अतिथीहरु किरात धर्म तथा साहित्य उत्थान संघ सहसचिव मनकुमार आङ्बुहाङ (अबोध अबिरल), किरात साम्यो साक्थिम्गेम मुजोत्लुङ पान्जुम्भोका उपाध्यक्ष ज्ञानु केदेम, माङसेवासाबा कोषाध्यक्ष प्रकाश सावदेन, लि.बि. मञ्चका पुर्व उपाध्यक्ष जलन आङबुहाङ, थामेन्दिङ मा पान्जुम्भोका अध्यक्ष सरुहाङ्मा सेलिङ समेतको उपस्थिति रहेको कार्यक्रममा अतिथिहरुले शुभकामना मन्तव्य समेत राखेका थिए । सो कार्यक्रममा विभिन्न टोलहरुबाट प्रतिनिधि तथा पर्यवेक्षकहरुको उपस्थिति रहेको थियोे

सम्बन्धित खवर