किरात धर्मगुरु आत्मानन्द प्रसिद्ध प्रवल जनसेवाश्रीद्वारा विभूषित - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात धर्मगुरु आत्मानन्द प्रसिद्ध प्रवल जनसेवाश्रीद्वारा विभूषित

  • योगेश लावती ‘चुक्सा याप्मी’

माङसेबुङ । संविधान दिवसका अवसरमा किरात धर्मगुरु मुहिङगुम अङसिमाङ लिङ्देन आत्मानन्द सेइङ प्रसिद्ध प्रबल जनसेवाश्रीद्वारा बिभूषित हुनुभएको छ ।

नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्को सिफारिसमा ९०३ जनालाई विभिन्न विभुषण अलङकार, पदक राष्ट्रपती विद्यादेवी भण्डारीद्वार बिभूषित हुनुभएको हो ।

राष्ट्रको गौरव बढाउन, विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउने ब्याक्तीहरुलाई सरकारले संविधान दिवसमा विभुषण अलङकार र पदकले सम्मान गर्दै आएको छ । यसरी सम्मान हुने क्रममा यस वर्ष किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङलाई प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिएको हो ।

सरकारले संविधान दिवसका अवसरमा विभिन्न व्यक्तित्वहरुलाई विभिन्न विभुषण , अलंकार र पदक प्रदान गरेको छ । यसरी प्रदान गरिएको मानपदवी, अलङकार विभूषण राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित विशेष समारोहमा विभूषण प्रदान गर्नु हुनेछ ।

वि.स. २०११ साल मंसिर १८ गते इलामको इभाङमा जन्मिनुभएका मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले किरात धर्म, भाषा, लिपि, साहित्य, संस्कार तथा संस्कृतिको उत्थान र संरक्षण गर्दै समाज सुधारको लागि अहोरात्र लागिपर्नु भएको छ ।

किरात धर्मदर्शन दाता समाजसुधारक राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्द लिङ्देनको अधुरो अपुरो कार्यलाई पूरा गर्न महागुरुको पुनः अवतारको रूपमा आउनुभएका मुहिङगुम अङसिमाङलाई विश्वभरी छरिएर रहेका किरात धर्मावलम्बिहरुले किरात धर्मगुरुको रूपमा मान्दै आईरहेका छन ।

सम्बन्धित खवर